दफा ६२६
एकभन्दा बढी करार भएकोमा एकल करार भएको मानिनेः

(१) हायर पर्चेज करार गर्ने सिलसिलामा भाडामा लिने व्यक्ति र कुनै वस्तु धनी बीच तथा त्यस्तो वस्तुको हायर पर्चेज मूल्यको किस्ताबन्दी रकम भुक्तानी गर्न कुनै जमानत दिने व्यक्ति वा लगानीकर्ता र त्यस्तो वस्तु धनी बीच हायर पर्चेज करार गर्ने शर्तमा वा कुनै वस्तु नासो धरौटमा राखिएकोमा त्यस्तो वस्तु नासो धरौटमा लिने व्यक्ति र नासो धरौटमा राख्ने व्यक्ति बीच छुट्टाछुट्टै करार भएकोमा यस परिच्छेदको प्रयोजनका लागि एकल करार भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको करार विभिन्न मितिमा भएकोमा सबभन्दा पछिल्लो मितिलाई करार भएको मिति मानिनेछ ।